फाइल तस्वीर
काठमाडौं – सत्ता साझेदार दलहरूको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा अहिले बिहान बस्न लागेको बैठकमा सङ्घीय र प्रदेशसभाको निर्वाचनको मितिबारे छलफल गरी सहमति जुटाउने प्रयार हुनेछ ।

हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सीर ४ गते निर्वाचन गर्ने मिति प्रस्ताव गर्नु भएको थियो । गठबन्धनका दलहरूले भने पार्टीमा आन्तरिक छलफल गर्नुपने भन्दै समय मागेका थिए ।

प्रधानमन्त्री देउवाले सोही मितिमा निर्वाचन गर्न गठबन्धन दलका शीर्ष नेताहरुसँग छलफल गरी सहमति जुटाउन आजको बैठक डाक्नु भएको हो ।

आगामी संसदीय निर्वाचनमा समेत सत्ता गठबन्धन दलहरु मिलेर जाने बताउँदै आएका छन् । आजको बैठकमा निर्वाचनको मितिमा सहमति जुटेको खण्डमा सरकारले छिट्टै निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ ।