राष्ट्रपति विद्यादेवी भण्डारी र फिनल्यान्डका राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालयका अनुसार आज बिहान नेपालका लागि फिनल्यान्डका राजदूत प्रेर्टी अन्टीनेनले भण्डारीसँग भेट गर्नुभएको हो ।

उक्त भेटका अवसरमा नेपाल र फिनल्यान्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ।