फाइल तस्वीर

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थी भर्नाको समय साउन मसान्तसम्म राख्‍न विद्यालय र कलेजलाई निर्देशन दिएको छ । बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो।

बोर्डले सूचना जारी गर्दै एसईईको नतिजा साउन–११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरकफरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा असन्तुष्टि जनाएको छ।

स्थानीय तहहरूलाई आफ्नो पालिका अन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गराउन पनि बोर्डले अनुरोध गरेको छ ।