प्रतिकात्मक तस्वीर
महोत्तरी – महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका १ मा मङ्गलबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । उपचारको लागि अस्पताल पुर्याउनेबित्तिकै उनलाई डाक्टरले मृत्त घोषणा गरेका थिए ।