फाइल तस्वीर

चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा गए राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा सामान्य क्षति पुगेको थियो। सो पुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो। २३ घण्टासम्म पहिरो हटाएपछि मङ्गलबार राति पौने १० बजेदेखि सडक खुलेको थियो।