प्रतिकात्मक तस्वीर

कपिलवस्तु – अविरल वर्षापछि आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेलापरेको छ । श्रीमानको अवस्था अज्ञात रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । आज बिहान कपिलवस्तुको कोइली खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका हुन् ।

वाणगङ्गा नगरपालिका–७ बस्ने ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया श्रीमती राममाया सुनालाई खोला तर्ने क्रममा बगाएको थियो । उनीहरूसँगै बगेका १३ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयवासीले उद्धार गरेका थिए ।

बेपत्ता राममायाको शव एक किलोमिटर तल फेलापरेको र उनका श्रीमान दिलकुमार सुनार अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । रासस