काठमाडौं – राष्ट्रिय सहकारी महासङ्घले सहकारी सङ्घ संस्थाहरू एकपछि अर्को गर्दै धमाधम आर्थिक सङ्कटमा फस्न थालेपछि संयमित हुन र सचेत हुन आग्रह गरेको छ । महासङ्घले आज मङ्गलबार ९ बुँदे अपिल जारी गर्दै तरलता व्यवस्थापन गर्दै जोखिमयुक्त क्षेत्रमा लगानी नगर्न, कर्जा सुरक्षणको व्यवस्थापन गर्न, सहकारी मूल्य मान्यतामा चल्न र राष्ट्रिय सहकारी बैङ्क, केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय सङ्घहरूले आफ्ना सदस्य संस्थाहरूसँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको हो ।

कोभिड–१९ महामारी, रुस–युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरूको मूल्यवृद्धि र मुद्रास्फीतिको असर समग्र अर्थतन्त्रमा पर्न गै बैङ्क तथा वित्तीय संस्थाहरूमा नै तरलता अभावको समस्या सिर्जना भएको र सोही समस्या सहकारी क्षेत्रमा समेत परेकाले सचेत र संयमित भएर मात्र आर्थिक कारोबार गर्न महासङ्घले अपिल गरेको छ ।