काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र तौल पाँचौं संशोधन) विधेयक, २०७४’, ‘प्रत्यायन विधेयक, २०७८’ विधेयक प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।

यस्तै ‘तथ्याङ्क विधेयक, २०७८’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।