प्रतिकात्मक तस्वीर

काठमाडौं – काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन् । तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा आज सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेको प्रहरी जनाएको छ ।

काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार एकै परिवारका बाबु, आमा र छोरा, छोरी मृत फेला परेका हुन् ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीसहितको टोली घटनास्थल पुगिसकेको छ । घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने आशङ्का गरिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।