काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

आजको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको बताइएको छ । निर्वाचन आयोगले भने आगामी मङ्सिर दुईमा एकै चरणमा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

आयोगले निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । आगामी मङ्सिर २ गते गर्ने आयोगले निर्वाचन मिति प्रस्ताव गरेको छ । सोही बिषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।