फाइल तस्वीर

काठमाडौं – आज देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नम्बर–१, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंका केही स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको छ । महाशाखाका अनुसार आउँदो बुधबारसम्म्म देशभर हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार बेलुकादेखि मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ । महाशाखाले सोमबार बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा देशभर आउँदो बुधबारसम्म पानी पर्ने उल्लेख छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ । राति देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, मंगलबार (भोलि) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । भोलि राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन/चट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।