काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा निर्मलराज काफ्लेलाई नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । काफ्लेलाई ब्राजिका लागि राजदूतमा नियुक्त गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो ।

यसअघि साउन ११ गते मात्र राष्ट्रपतिले जापानका लागि डा.दुर्गाबहादुर सुवेदी, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका र डा.शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि राजदूत पदमा शपथ गराउनुभएको थियो । यस्तै मिलनराज तुलाधरलाई रुस र प्रा डा.रामस्वार्थ रायलाई डेनमार्कका लागि राजदूत पदमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

राजदूत_नियुक्ति_2079_विज्ञप्ति-1659257599.png