काठमाडौं – नेकपा एमालेको विभाग प्रमुखहरूको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख रिजालका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागीता रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको बताइएको छ ।