फाइल तस्वीर

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ । अहिले दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक संसद बैठक र अर्थमन्त्रीको शपथका कारण स्थगित भएको हो ।

आज बस्ने स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायतका एजेन्डामा छलफल हुने भनिएता पनि बैठक नै स्थगित हुन पुगेकाले कुनै निर्णय हुन सकेन । अर्को बैठकको समय भने तोकिएको छैन ।