काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भएको बताइएको छ ।

आजको बैठकमा स्थायी समिति र पोलिटब्युरो पूर्णता, अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुने बताइएको छ । बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि नभएकोले उहाँलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिने पार्टीको तयारी रहेको छ ।

यसअघि गत शुक्रबार बसेको स्थायी समिति बैठकले प्रदेश बैठकका पूर्वनिर्धारित कार्यतालिका हेरफेर गरेको थियो ।