काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (माध्यामिक शिक्षा परीक्षा) एसईईको ग्रेडवृद्धि पुरक परीक्षा भदौ ११ र १२ सचालन गर्ने भएको छ । २०७८ सालको माध्यामिक शिक्षा परीक्षा ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ।

२०७८ बैशाख ९ गतेदेखि सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई बढीमा दुई विषयमा ग्रेडवृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था भएकोले परीक्षामा सहभागि हुन आवेदन दिन माग गरीएको छ ।

त्यसैगरी अन्तिम ग्रेड सि वा सि भन्दा कम प्राप्त गरेका विषयहरुमध्ये परीक्षार्थीहरुले आफुले चाहेको दुई ओटा विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थिति रहेका परीक्षार्थीहरुले पुरक परीक्षामा सहभागि हुन पाउने जनाएको छ ।