काठमाडौं – काठमाडौंमा एकाबिहानै भू–कम्पको धक्का महसुस भएको छ । उपत्यका क्षेत्र हुँदै आइतबार बिहान ८:१४ बजे भूकम्पको धक्का महसुस भएको हो ।

खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको ६ रेक्टर स्केलको भूकम्प गएको हो । काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।