साङ्केतिक तस्वीर

काठमाडौं – प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । स्वर्गद्वारीबाट फर्किँदै गरेको लु ३ च ३५३ न. को जीप शनिबार स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा जम्मा १७ जना सवार थिए । प्रहरीका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र घाइते सबैलाई भैरहवा रेफर गरिएको छ ।

जीपमा सवार सबै यात्रु रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीयबासी रहेको बताइएको छ । उनीहरु सबै तीर्थयात्राका लागि स्वर्गद्वारी गएका थिए । स्वर्गद्वारीबाट फर्किँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।