साङ्केतिक तस्वीर

जनकपुरधाम – सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज शुक्रवार बिहान करिब पौने ९ बजे सर्लाहीको बरहथवा नगरपालिका १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार रौतहटको ईशनाथ नगरपालिका ५ लक्ष्मिनीया टोलका २६ वर्षीय मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साहको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानियहरुले विरोध गरेको र तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।