काठमाडौं – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिले प्रतिवेदन बुझाएको छ । छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेर प्रतिवेदन बुझाएको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले संघीय संसद् भवनस्थित कार्यकक्ष पुगेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउनुभएको हो । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि गत असार २२ मा ११ सदस्यीय समिति गठन भएको थियो । समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो । समय अपुग भएको भनि साउन ५ गते सात दिन समय थप भएको थियो ।

प्राप्त समयमै छानबिन समितिले प्रतिवेदन तयार गरेको छ । तयार प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष उल्लेख गरिएको छ । समितिले निवर्तमान अर्थमन्त्री शर्मालाई सफाई दिँदै तयार पारेको प्रतिवेदन सभामुखलाई बुझाएको छ ।

यस्तो छ समितिको प्रतिवेदनमा: