काठमाडौं – नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–अमेरिका सम्बन्ध, विकास, साझेदारी र सहायता, आर्थिक सहयोग, खाद्य सुरक्षाका साथै कोभिड–१९ खोप विरुद्धको भ्याक्सिन लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।