काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक अहिले बिहान ११ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’, ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । नेपाल विशेष सेवा विधेयक, २०७६ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत् गर्ने बैठकको कार्यसूची रहेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि सदनमा प्रस्तुत् गर्ने कार्यसूची रहेको र सो विधेयक आजै पारित गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।