काठमाडौं – नेपाल भ्रमणमा रहेका अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज उच्च स्तरीय नेताहरुसँग भेटवार्ता गर्दै छन् ।

बिहीबार अपराह्न काठमाडौं आइपुगेका उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित बनेका बेला वरिष्ठ अमेरिकी अधिकारी लु भारतको नयाँदिल्ली हुँदै बिहीबार नेपाल आइपुगेका हुन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासले लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा नेपाल आएको जनाएको छ ।