काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा प्राप्ताङ्क चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई २०७८ को साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन खुल्ला गरेको हो ।

यही साउन २७ गते सम्ममा तोकिएको ढाँचामा निवेदन दिन परीक्षा नियन्त्रण कार्यालले आग्रह गरेको छ । प्रति विषय ५०० रुपैयाँ तिरेर प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सकिने कार्यलयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।