काठमाडौं – राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा सङ्गठित अपराध बढ्ने बताउनुभएको छ ।

आज राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा सांसद देवकोटाले विधेयकमा वैवाहिक अङ्गिकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताउनुभयो ।

उहाँले विदेशी बुहारीलाई नागरिकता दिन ६ महिना पनि कुर्न नसकेको टिप्पणी गर्नुभयो । यो प्रावधानले नेपालमा सङ्गठित किसिमको अपराध बढ्ने उहाँको भनाइ छ ।

सांसद देवकोटाले प्रश्न गर्नुभयो– ‘तीन करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको सानो अंश यता–उता गर्दा नेपालको हालत के होला ?’