काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले भर्खरै मात्र बैठक सकेर एसईई नतिजा सार्वजनिक गरेको हो ।

यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ। 

परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी थिए ।

कोभिड–१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । गत वर्ष र अघिल्लो वर्ष आन्तरिक मूल्यांकन विधिबाटै नतिजा सार्वजनिक गरेको बोर्डले यस वर्ष भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गरेको हो ।

गत वैशाख ९ देखि २० गतेसम्म एसईई परीक्षा भएको थियो । परीक्षाको नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ ।

यसरी थाहा पाउनुस् नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ। एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन्।

वेब साइड

www.see.gov.np 

www.neb.gov.np

 www.khalti.com

www.neemaacademy.com 

www.ekantipur.com 

www.theconnectplus.com

www.see.edusanjal.com

 www.see.ntc.net.np 

www.admissionnepal.com