काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ । रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

वि.सं २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा रहेका छन् । चारतले यस भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुने बताइएको छ ।