काठमाडौं – शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो एक कार्यक्रमकाबीच सार्वजनिक गर्न लागिएको हो ।

ललितपुरको होटेल हिमालयन कुपन्डोलमा दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको छ।