काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको बताएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार एसईई परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी रहेको छ ।

यसपटकको एसईईको लब्धाङ्कपत्र (मार्कसिट)मा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । त्यसोतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था लागू गरेको छ । बोर्डले नतिजा सार्वजनिक भएको एक दुई हप्तामा नै विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्ने पनि बताएको छ ।

परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँको भनाइ अनुसार राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने पक्का भएको छ ।