काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसै बैठकमा तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।