फाइल तस्वीर

काठमाडौं – उपत्यकामा मात्रै एकै दिन २ हजार ३ सय ९७ सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा सोमबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसरी कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ९२ जना, लेन अनुशासन पालना नगर्ने १ सय १२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८३ जना, नम्बर प्लेट देखिने गरी नराख्ने २६ जना सवारी चालक रहेका छन् ।

यस्तै, अन्यमा २ हजार ८४ जना सवारी चालक कारवाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।