सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१२ रिलायसमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

स्कुटरमा पछाडी सवार घाइते भएका मोरङकै सुन्दरहरैंचा–३ गछीयाका २१ वर्षीय मनिस निरौलाको विराट शिक्षण अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इटहरीबाट खनारतर्फ जाँदै गरेको को १ ख ३९६८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प १०६४ नम्बरको स्कुटरलाई आज बिहान सवा ७ बजे ठक्कर दिएको थियो । ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।