काठमाडौं – मन्त्रिपरिषद्को बैठक बस्दै छ । अहिले ५ बजे बस्ने बैठकमा सङ्घीय संसद्को निर्वाचनको मितिबारे छलफल हुने बताइएको छ । खानेपानी तथा सरसफाईमन्त्री उमाकान्त चौधरीका अनुसार, ‘आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । आज निर्वाचनको मितिबारे छलफल हुने तय भएको छ । यसअघि निर्वाचन आयोगले सिफारिश गरेको मितिबारे आज छलफल हुन्छ । हामी एउटा निष्कर्षमा पुग्छौं ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि सरकारले छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेको छ । निर्वाचन सार्न लागिएको भन्दै एमाले नेताहरुले आक्रोश पोखेका छन् ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित मितिमै निर्वाचन हुने भन्दै त्यसबाट सरकार दायाँबायाँ नहुने स्पष्ट पार्दै आउनुभएको छ । निर्वाचन आयोगले भने आगामी मङ्सिर४ गतेको लागि निर्वाचनको मिति सिफारिश गरेको छ ।