काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा १६ हजार भन्दा बढी मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको र यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेका बताउनुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । सन् १९५० को दशकमा मध्य अफ्रिकामा फेला परेको यो भाइरस यतिबला युरोपका लागि खतरा बनेको छ । बेलायतको बकिङ्घम युनिभर्सिटीका मोलिक्युलर एपिडेमिलोजिस्ट डा हेलेन विमलरत्न भन्छिन्, “यो घोषणा डर फैलाउनको लागि होइन । मङ्कीपक्सको मामलामा हामीलाई थप अनुसन्धान आवश्यक छ । किनभने यो हामीले अफ्रिकामा परम्परागत रूपमा देखेको भन्दा फरक छ ।“