काठमाडौं – हाल मनसुनी वायुको प्रभाव कायमै छ । देशभरको मौसममा बदली भइरहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । राति प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । भोलि मङ्गलबार देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि दिउँसो प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनेछ ।

पर्सि बुधबार देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका साथै पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।