बुटवल – रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मार्दा प्रहरीले १ सय ५० भन्दाबढी युवायुवतीलाई नियन्त्रणमा लिएको हो ।

कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा छापा हानेको प्रहरीले जनाएको छ । ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिइ ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा छापा मारिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको उक्त कल सेन्टरको ठगी कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनास्थलमै रहेर प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।