काठमाडौं – सशस्त्र प्रहरीका १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले उनीहरूलाई वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) मबोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।