काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयले आजको बैठकमा पेश गरिने तीन वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेश गर्ने र मदन भण्डारी विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सम्भावित कार्यसूचीमा कार्यव्यवस्था परामर्श समिति बैठकले हेरफेर गर्न सक्ने छ ।

हेर्नुहोस् सम्भावित कार्यसूचीः