काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी–विदेशी प्रतिक्रियावादीले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारूढ गठबन्धन बनाएको जिकिर गर्नुभएको छ । मजदुर वर्गपक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले नै गराएको उहाँको भनाइ छ ।

उहाँले मजदुर वर्गपक्षीय शक्तिहरूलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणाम स्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन गराइएको तर्क गर्नुभयो । शनिबार ललितपुरको गोदावरीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको उल्लेख गर्नुभयो ।

मजदुर वर्गको हितका लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटक–पटक दोहो¥याउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।