काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद घनश्याम खतिवडाले सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक संविधान प्रतिकुल भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै उहाँले दक्षिण एसियाली मुलुकहरूको भन्दा नेपालमा नागरिकता किन सहज तरिकाले दिन खोजिएको हो ? भनी प्रश्न समेत गर्नुभएको हो ।

‘नागरिकता ऐन खुकुलो भएका कारण मुलुकको अस्तित्व खतरामा नपरोस्, अझै समय छ, सचेततापूर्वक अझ छलफल गरौं,’ एमालेका सांसद खतिवडाले बैठकमा भन्नुभयो, ‘सार्कका अन्य मुलुकभन्दा खुकुलो व्यवस्था राखेर विधेयक पेस भएको छ, यो किन गरिएको हो ?, नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अङ्गिकृत दिनुपर्ने भन्ने पूर्ववत् सहमतिलाई किन लत्याएर विधेयक ल्याइएको हो ?