काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ । अस्पतालले प्रसूति तथा स्त्री रोग विभागका लागि आज एक सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो ।

दरखास्त आह्वान अनुसार योग्यता पुगेका पुरुषको हकमा ४० र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएको छ । अस्पतालले करार सेवामा पदपूर्तिका लागि एमडी मागेको हो ।

फाराममा एसएलसीदेखि माथिका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको रजिस्ट्रेसनको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

सूचना हेर्नुहोस् :