फाइल तस्वीर

काठमाडौं – राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यसूची रहेको छ ।

आजको राष्ट्रियसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ २०७६ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथिको छलफल सकिएपछि पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

हेर्नुहोस् यस्तो छ राष्ट्रियसभामा प्रस्तुत गरिने कार्यसूची: