काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । अहिले बिहान पनि देशभर सामान्य बदली रहेको छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷ यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।