काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सत्तारुढ दलका विद्यार्थीहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङघ) र अखिल क्रान्तिकारीले अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ भने केही प्रदर्शनकारी घाइते समेत भएको नेपाल प्रहरीले जनाएको छ । राष्ट्र बैंकका गभर्नर अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान विपरीत भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी सङ्गठनहरूले विरोध गरेका हुन् ।