फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सोमबार सुरु भएको बैठक शुक्रबार प्रतिनिधिसभामा उपसभामुख निर्वाचनका कारण बस्न नसकेकोले आज शनिबार बस्ने भएको हो । बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । बिहीबार सरकारका बारेमा उठेका प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिनुभएको थियो ।

काङ्ग्रेस बैठकमा विशेषगरी चुनावी गठबन्धनका साथसाथै पार्टीको आन्तरिक जीवनको सन्दर्भमा छलफल भइरहेको बताइएको छ ।