काठमाडौ – विगत साढे दुई वर्षदेखि रिक्त रहेको प्रतिनिधिसभाले उपसभामुख प्राप्त गरेको छ । उपसभामुख पदमा सत्तागठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसकी सांसद पुष्पा भुसाल बिजयी हुनुभएको छ ।

काङ्ग्रेसकी सचेतक भुसाललाई नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजबादी , जसपा , लोसपा , राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो ।

भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १ सय ४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २ सय ४२ जना सांसदको उपस्थिति रहेको थियो भने नेमकिपाका सासंद प्रेम सुवालले कुनै पनि उम्मेदवारलाई मत दिनु भएन । यसै गरी एमालेमा तर्फबाट उम्मदबार बन्नु भएकी विद्या भट्टराईलाई नेकपा एमाले र राप्रपाले समर्थन जनाएको थियो ।