काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । सत्तागठबन्धनको बैठक सकिलगत्तै मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।

सत्तागठबन्धन बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐनलाई संशोधन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार ऐनलाई संसद पेस गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठक बसेको हो ।

सङ्क्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक सरकारले आजै संसदमा पेश गर्ने तयारी गरेको छ ।