जुम्ला – जुम्लामा भित्री खोला जलविद्युत आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ । जुम्लाको हिमा गाउँपालिकामा रहेको जलविद्युत् आयोजनाको पावर हाउस भासिएको हो ।

गए राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पावर हाउसभित्रै सुतिरहेका चौकिदार गोरकबहादुर रावतकी श्रीमती विमला, ९ वर्षीय छोरा भरत र ७ वर्षका अर्का छोरा सूर्यको मृत्यु भएको छ ।