काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । तीन दिने भ्रमणका लागि भारतीय जनता पार्टीको निमन्त्रणामा अध्यक्ष प्रचण्ड आज दिउँसो १ बजे भारत प्रस्थान गर्न लाग्नुभएको हो ।

प्रचण्डको सचिवालयका अनुसार डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारत भ्रमणको निम्तो दिनुभएको र सो क्रममा प्रचण्डले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिक रूपमा भ्रमण तय भएको हो ।

भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमण गर्न लाग्नु भएको प्रचण्डले भारतमा रहँदा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । शीर्ष नेतृत्वहरुसँगको भेटपछि उहाँ साउन १ मा स्वदेश फर्कने कार्यसूची रहेको छ ।