फाइल तस्वीर

काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गामा एक घरमा जङ्गली चितुवा पसेर आक्रमण गरेको छ । गए राति भिमढुङ्गा हर्सनखोलाका पन्चकुमार भट्टराईको घरमा जङ्गली चितुवाले आक्रमण गर्दा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चितुवाको आक्रमणबाट भट्टराईको घरका ५ जना घाइते भएका छन् । घाइते पाँचै जनाको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

घाइते पाँचै जनाको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ ।